अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, बहराइन दिनारको बढ्यो

हिमाल प्रेस ७ वैशाख २०८३ ६:२३ | Monday, April 20, 2026
4
SHARES
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, बहराइन दिनारको बढ्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

यही चैत १८ गते अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

आज युरो १ को खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ५७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ३४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ५८ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २० पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ १२ पैसा थियो।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रकाशित: ७ वैशाख २०८३ ६:२३ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast