राजस्व वृद्धिमा जोड दिन मधेश प्रदेशका अर्थमन्त्री यादवको निर्देशन

हिमाल प्रेस १५ माघ २०७९ १६:१८ | Sunday, January 29, 2023
राजस्व वृद्धिमा जोड दिन मधेश प्रदेशका अर्थमन्त्री यादवको निर्देशन

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री संजय यादवले पदभार ग्रहण गरेका छन्। मन्त्री यादवले आइबार दिउँसो पदभार ग्रहण गर्दै प्रदेश सरकारको राजस्वलाई वृद्धि गर्न कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन्।

उनले बजेटमा भएका प्रावधान अनुसार चालू खर्चलाई मितव्ययी बनाउँदै कटौती गर्ने र पूँजिगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएको अर्थसचिव गजेन्द्र ठाकुरले बताए।

यसअघि नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले शुक्रबार नै पदभार ग्रहण गरिसकेका छन्। पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका सरोजकुमार यादवले पुस २९ गते विनाविभागीय मन्त्रीहरूसँगै शपथ लिएका थिए।

प्रकाशित: १५ माघ २०७९ १६:१८ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast