प्रतिनिधिसभाका दश विषयगत र दुई संयुक्त समितिमा आज सभापति चयन

हिमाल प्रेस ४ वैशाख २०८३ ९:१७ | Friday, April 17, 2026
22
SHARES
प्रतिनिधिसभाका दश विषयगत र दुई संयुक्त समितिमा आज सभापति चयन

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतका दश विषयगत समिति र दुई संयुक्त समितिमा आज सभापति चयन हुने भएको छ। सबै समितिको बैठकमा सभापति निर्वाचनको कार्यसूची राखिएको संघीय संसद् सचिवालयले जनाएको छ।

सभापतिका लागि बिहीबार नै मनोनयन दर्ता सम्पन्न भइसकेको छ। सचिवालयका अनुसार केही समितिमा एकल उम्मेदवारी परेको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समितिअन्तर्गतका केही पदमा प्रतिस्पर्धा हुने देखिएको छ।

कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी र राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको एकल उम्मेदवारी परेको छ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि रास्वपाका डा.ओजस्वी शेरचन र एमालेका गुरु बरालबीच प्रतिस्पर्धा हुने भएको छ। सार्वजनिक लेखा समितिमा कांग्रेसका भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिमा रहवर अन्सारीको मनोनयन दर्ता भएको छ।

संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठको एकल उम्मेदवारी परेको छ भने राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीतर्फकी राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा) बीच प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित: ४ वैशाख २०८३ ९:१७ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast