पाकिस्तानमा बस दुर्घटना, ४० जनाको मृत्यु

हिमाल प्रेस १५ माघ २०७९ १३:१७ | Sunday, January 29, 2023
पाकिस्तानमा बस दुर्घटना, ४० जनाको मृत्यु तस्बिरः डान न्युज

पाकिस्तान- पाकिस्तानमा भएको बस दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु भएको छ। पाकिस्तानको दक्षिणपश्चिममा पर्ने बलुचिस्तानको लसबेलामा बस पुलबाट खसेर आगलागी भएको थियो।

मृतकहरूको पहिचान हुन नसकेको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले जानकारी दिएका छन्।

बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको थियो। यस बसमा ४८ जना यात्रु सवार थिए। तीनजनालाई जीवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रासस/एएफपी

प्रकाशित: १५ माघ २०७९ १३:१७ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast