काठमाडौँ- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।
सोमबार अखिल क्रान्तिकारीले मन्त्रीहरुले सार्वजनिक गरेको सम्पतिको बैध स्रोत सावजनिक गर्नुपर्ने भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले ‘आयस्रोत खुलाऊ, सुनखानी प्रधानमन्त्री सेयरखानी गृहमन्त्री, मन्त्रीहरुले सार्वजनिक गरेको सम्पतिको स्रोत छानबिन गर, हामी चुप लाग्दैनाँै, आयस्रोत खुलाउनै पर्छ, झण्डा नीलो मन्त्रिपरिषद् पहेँलो’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
अखिल क्रान्तिकारीकी उपाध्यक्ष ममता अधिकारीले रास्वपा नेतृत्वको सरकारमा रहेका सदस्यहरुको सम्पत्ति अस्वभाविक देखिएकाले स्रोत छानविन गर्नुपर्ने बताइन्। सदनमा प्रतिपक्षी निकै कमजोर भएकाले अखिल क्रान्तिकारी जनताको आवाज लिएर सडकबाटै प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनले बताइन्।
यसअघि आइतबार प्रधानमन्त्रीलगायत मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो।




