तनहुँमा गाडीले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु

हिमाल प्रेस २९ चैत २०८२ ६:१८ | Sunday, April 12, 2026
2
SHARE
तनहुँमा गाडीले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु

काठमाडौँ- तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा शनिबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्कुटर चालक गाछेपानीस्थित शुक्लागण्डकी च्वयनधामका पुजारी गणेश खतिवडा र पछाडि सवार सोही ठाउँका कृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए।

स्कुटर चालक खतिवडाको तनहुँ सेवा अस्पतालमा र भुजेलको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २९ चैत २०८२ ६:१८ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast