कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, ६ घाइते

हिमाल प्रेस २७ चैत २०८२ ६:०० | Friday, April 10, 2026
10
SHARES
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, ६ घाइते

कञ्चनपुर- कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बिहीबार साँझ कृष्णपुर नगरपालिका-१ कुमगडाको भित्री कच्ची सडकमा से१ज २९० नम्बरको जिप अनियन्त्रित भई अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक वीरेन्द्र थापाले जानकारी दिए।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा कृष्णपुर नगरपालिका-१ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र सोही स्थानकी ६२ वर्षीया कलावती देवी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा चालकसहित ८ जना सवार थिए। दुर्घटनामा चालक २४ वर्षीय अर्जुन साउद गम्भीर घाइते भएका छन्।

साउदको टाउको तथा शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। त्यसैगरी ३५ वर्षीया धनसरी बोहरा, १३ वर्षीया सरिता बोहरा, १५ वर्षीया भावना पार्की, १४ वर्षीया रेश्मा घटाल र भिमदत्त नगरपालिका तिल्केनीकी ५० वर्षीया गंगा बिष्ट घाइते भएका छन्।

उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ। घाइतेहरूलाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि धनगढी, कैलाली पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ चैत २०८२ ६:०० | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast