मौलिक हक कार्यान्वयन गरेर स्वास्थ्य र सुरक्षित नेपाल निर्माण गरिन्छ : स्वास्थ्यमन्त्री

हिमाल प्रेस २४ चैत २०८२ १५:१८ | Tuesday, April 7, 2026
6
SHARES
मौलिक हक कार्यान्वयन गरेर स्वास्थ्य र सुरक्षित नेपाल निर्माण गरिन्छ : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले संविधानमा प्रदत्त मौलिक हकको कार्यान्वयनमार्फत सबैका लागि स्वास्थ्य र सुरक्षित नेपाल निर्माण गरिने बताएकी छन्।

विश्व स्वास्थ्य दिवस-२०८२ का अवसरमा आज आयोजित कार्यक्रममा उनले पछिल्ला समय देखिएका स्वास्थ्य चुनौती समाधानका लागि सबै क्षेत्र र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताएकी हुन्।

मन्त्री मेहताले मानव, पशुपन्छी र वातावरण एकअर्काबीच घनिष्ठ सम्बन्ध रहेकाले प्रकृति सुरक्षित र पशुपन्छी स्वस्थ नहुँदासम्म मावन जाति पूर्णरुपमा स्वस्थ रहन नसक्ने बताइन्।

जनावर तथा पशुपन्छीबाट मानवमा सर्ने रोगको जोखिम बढिरहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका कारण कीटजन्य रोग वृद्धि भइरहेको बताइन्।

‘वातावरणीय प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु, मस्तिष्काघातजस्ता नसर्ने रोग बढिरहेका छन्’, उनले भनिन्, ‘मानव र पशुन्छीमा ‘एन्टीमाइक्रोवियल’ औषधीको अत्यधिक र जथाभावी प्रयोगले ‘प्रतिजैविक प्रतिरोध’ले ठूलो समस्या निम्त्याएको छ, यसतर्फ अब सजग हुनुपर्छ।’

मन्त्री मेहताले रोगको सम्भावित जोखिम कम गर्न व्यक्तिगत सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई खोप लगाउन, स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै एन्टीबायोटिक औषधी प्रयोग गर्न र वातावरण स्वच्छ राख्नेतर्फ आमजनतालाई आह्वान गरिन्।

‘मानव, पशुपन्छी र पर्यावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ नाराका साथ नेपालसहित विश्वभर आज विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ।

प्रकाशित: २४ चैत २०८२ १५:१८ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast