काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला २ हजार ६०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँ कायम भएको छ।
गत साता भने सुनको मूल्यमा उतारचढाव देखिएको थियो। आइतबार ५ हजार रुपैयाँले बढेको सुन सोमबार २ हजार ५०० रुपैयाँले घटेको थियो। त्यसपछि मंगलबार ६ हजार ७०० रुपैयाँ र बुधबार ७ हजार ४०० रुपैयाँले वृद्धि भएको थियो। बिहीबार ३ हजार ६०० रुपैयाँले घटेको सुन शुक्रबार भने स्थिर रहेको थियो। सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ।
यसअघि माघ १५ गते सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यस दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।




