विभागको वेवसाइट डाउन हुँदा त्रिभुवन विमानस्थलमा जहाज उडान रोकियो

हिमाल प्रेस १४ माघ २०७९ १५:०९ | Saturday, January 28, 2023
विभागको वेवसाइट डाउन हुँदा त्रिभुवन विमानस्थलमा जहाज उडान रोकियो

काठमाडौँ– त्रिभुवन विमानस्थलमा शनिबार दिउँसो करिब १ घन्टा विमान उडान रोकिएको छ। अध्यागमन विभागको वेवसाइटमा समस्या आउँदा विमान उडान रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।

वेवसाइटमा समस्या आएपछि फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डियालगायत अन्तर्राष्ट्रिय उडान रोकिएको कार्यलयले जानकारी दिएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेवसाइट डाउन भएकाले अध्यागमनको वेवसाइट पनि नचलेको बताइएको छ।

प्रकाशित: १४ माघ २०७९ १५:०९ | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast