पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा युवाहरूको प्रदर्शन

हिमाल प्रेस २१ चैत २०८२ १६:२५ | Saturday, April 4, 2026
18
SHARES
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा युवाहरूको प्रदर्शन

काठमाडौँ- पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरुले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुको समेत मूल्यवृद्धि हुन सक्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

उनीहरुले ‘महँगीको मार बन्द गर, पेट्रोल कर कम गर, मूल्य घटाएर जनतालाई राहत देउ, पेट्रोलमा कर खारेज गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासनविरुद्धको महाअभियानको आयोजनामा भएको प्रदर्शनका सहभागीहरुले हाल पेट्रोलमा लगाउँदै आएको विभिन्न कर खारेज गरेर मूल्य घटाउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: २१ चैत २०८२ १६:२५ | Saturday, April 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast