कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति

हिमाल प्रेस १९ चैत २०८२ १९:१२ | Thursday, April 2, 2026
14
SHARES
कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको आयोगले सरकारसमक्ष पेस गरेको प्रतिवेदन अध्ययन गरी सुझाव दिन कांग्रेसले अध्ययन समिति गठन गरेको हो।

वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित अध्ययन समितिलाई बिहीबार पूर्णता दिइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

दुलाल नेतृत्वको समितिमा पूर्वन्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ताहरू विनोद कार्की, रामचन्द्र गौतम (आर.सी) र युवा अभियन्ता यजश्वी राई सदस्य रहेका छन्।

समितिलाई आफ्नोे राय, सल्लाह र सुझावसहित सात दिनभित्र प्रतिवेदन समयसीमा तोकिएको छ। समितिले सरकारसमक्ष पेस भएको कार्की आयोगको प्रतिवेदन अध्ययन गर्नेछ।

प्रकाशित: १९ चैत २०८२ १९:१२ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast