ओली–लेखक पक्राउविरूद्ध संसदमा एमालेको विरोध

हिमाल प्रेस १९ चैत २०८२ १४:५२ | Thursday, April 2, 2026
50
SHARES
ओली–लेखक पक्राउविरूद्ध संसदमा एमालेको विरोध

काठमाडौँ- नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गर्दै संसदको पहिलो बैठकमा विरोध जनाएको छ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनेबितिकै उठेर विरोध जनाउँदै एमालले गैरसंवैधानिक रुपमा ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा गर्न माग गरेको हो।

पहिलो बैठकको सुरुमै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए। तर एमाले सांसदहरुले निरन्तर उठेर विरोध गरेपछि केसीले एमाले सांसद गुरु बराललाई बोल्न समय दिएका थिए।

एमाले सांसद बरालले ओली र लेखकलाई मुलुकी कार्यविधिको गलत प्रयोग गरेर बन्दी बनाइएको आरोप लगाए। यस विषयमा देशव्यापी विरोध प्रदर्शन गर्दा सरकारले निर्मम रुपमा दमन गरेको उनले बताए।

उनले निर्मम दमन गरेको विषयमा छानबिन गरी दोषीलाई कारबाहीका लागि माग गरे। सांसद बरालले ओली र लेखकलाई तुरुन्त रिहाइका साथै शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न माग गरे।

प्रकाशित: १९ चैत २०८२ १४:५२ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast