भन्सार छलेर ल्याएका सामान बरामद

हिमाल प्रेस १४ माघ २०७९ ७:३४ | Saturday, January 28, 2023
भन्सार छलेर ल्याएका सामान बरामद प्रतिनिधिमूलक तस्बिर।

झापा- झापा प्रहरीले विभिन्न स्थानबाट अवैध सामग्री बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट शुक्रबार खटेको प्रहरी टोलीले सो सामग्री बरामद गरेको हो। व्यापारीले लुकाइ छिपाई भन्सार छली ल्याइएका ती सामग्री मेची भन्सार कार्यालय काकरभिट्टालाई प्रहरीले बुझाएको छ।

गौरीगञ्ज गाउँपालिका ३ कृष्णे खोलास्थित भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याउदैगरेको अन्दाजी ८ हजार बवारको चिनी र २ बोरा युरीया मल (१०० किलो) नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ।

यस्तै, इलाका प्रहरी कार्यालय गौरिगंजबाट खटेको प्रहरी टोलिले झापाको गौरिगञ्ज गाउँपालिका ५ रतुवा खोलास्थित भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउँदैगरेको अन्दाजी ५९ हजार ५०० मूल्य बराबरको चप्पल ३१५ जोर, गमला ६० थान, किचनको सामान, बच्चाको कपडा र बच्चाको खेलौना नियन्त्रणमा लिएको छ। आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको प्रहरीको भनाइ छ।

सोहीअनुसार मेचिनगर नगरपालिका ६ भन्सार गेटस्थित भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउदैगरेको अन्दाजी १० हजार ८०० मुल्य बराबरको जुत्ता नियन्त्रणमा लिई आवस्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ माघ २०७९ ७:३४ | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast