विपद् उद्धारसम्बन्धी कार्यक्रम विद्यालय पाठ्यक्रममै समावेश गर्नुपर्छ : गृहमन्त्री

हिमाल प्रेस १७ चैत २०८२ १७:१६ | Tuesday, March 31, 2026
14
SHARES
विपद् उद्धारसम्बन्धी कार्यक्रम विद्यालय पाठ्यक्रममै समावेश गर्नुपर्छ : गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले विपद् उद्धारसम्बन्धी कार्यक्रम विद्यालय पाठ्यक्रममै समावेश गर्नेबारे आवश्यक तयारी अघि बढाउन सशस्त्र प्रहरी बल (एपीएफ)लाई निर्देशन दिएका छन्।

आज (मंगलबार) सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्यालसँग छलफलका क्रममा मन्त्री गुरुङले बालबालिकालाई सानैदेखि जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले यस्ता पाठ्यक्रम आवश्यक रहेकको भन्दै आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिएका हुन्।

गुरुङले शिक्षा मन्त्रालयसँग समन्वय गरी उक्त कार्यक्रम कार्यान्वयन गर्ने योजना अघि सारेका छन्। बालबालिकालाई प्राकृतिक विपद्का समयमा सुरक्षित रहने तरिका, प्राथमिक उद्धार सीप तथा सचेतनामूलक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानसहित आपत्कालीन अवस्थाको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ। सम्बन्धित निकायहरूबीच आवश्यक सहकार्य गरी परियोजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गरिने जनाइएको छ।

प्रकाशित: १७ चैत २०८२ १७:१६ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast