सुरेश रजकको स्मृति दिवसमा प्रथम स्मृति दिवसमा दीप प्रज्वलन

हिमाल प्रेस १६ चैत २०८२ ९:०५ | Monday, March 30, 2026
16
SHARES
सुरेश रजकको स्मृति दिवसमा प्रथम स्मृति दिवसमा दीप प्रज्वलन

काठमाडौँ- राजावादी आन्दोलनमा मृत्यु भएका सुरेश रजकको प्रथम स्मृति दिवसमा आइतबार साँझ वसन्तपुरमा दीप प्रज्वलन गरिएको छ। गत चैत १५ मा तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार रजकको योगदानको स्मरण गर्दै दीप प्रज्वलन गरिएको हो । नागरिक समाज, परिवार तथा शुभेच्छुकको उपस्थितिमा भएको स्मृति सभामा रजकले सञ्चार क्षेत्रको माध्यमबाट सामाजिक विकासमा निर्वाह गरेको भूमिकाको चर्चा गरिएको थियो ।

सहिद रजकका दाजु दिनेश रजकले समाजमा सत्य, तथ्य सूचना प्रवाह गर्ने क्रममा भाइले मृत्युवरण गर्नुपरेको बताउँदै विभिन्न आन्दोलनमा पत्रकार सुरक्षाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए। एभिन्यूज टेलिभिजनमा ‘क्यामरापर्सन’का रूपमा कार्यरत रजकको आगलागी भएको भवनमा फसेर निधन भएको थियो । आगलागी भएको भवनमा भिडियो खिच्ने क्रममा उद्धार हुन नसक्दा जलेर मृत्यु भएका रजकलाई सरकारले सहिद घोषणा गरेको थियो ।

सोही प्रदर्शनमा कीर्तिपुरका सविन महर्जनको गोली लागेर मृत्यु भएको थियो ।

प्रकाशित: १६ चैत २०८२ ९:०५ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast