काठमाडौँ- संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरू (प्रतिनिधिसभा) लाई सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ।
भ्रष्टाचार निवारण ऐनअनुसार सांसदहरूलाई शपथको मितिदेखि ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको विवरण बुझाउन सचिवालयले सूचना प्रकाशित गरेको हो।
भ्रष्टाचार निवारण ऐनको दफा ५० ले सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्ने व्यवस्था छ।
सांसदहरूले जेठ १० गतेभित्र यस्तो विवरण सचिवालयमा रहेको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्नेछ।
सम्पत्तिको विवरण भने गोप्य रहेनछ। सांसदहरूले सिलबन्दी खाममा बुझाउनुपर्ने विवरणमा नाम, निर्वाचन क्षेत्र, स्थायी ठेगाना र मोबाइल नम्बर लगायतको विवरण भने उल्लेख गर्नुपर्छ।

प्रकाशित: १५ चैत २०८२ १७:२७ | Sunday, March 29, 2026
प्रतिक्रिया




