ओली पक्राउ निन्दनीय, पक्राउ पुर्जी गैरकानुनी : विष्णु रिमाल

हिमाल प्रेस १४ चैत २०८२ ९:२४ | Saturday, March 28, 2026
14
SHARES
ओली पक्राउ निन्दनीय, पक्राउ पुर्जी गैरकानुनी : विष्णु रिमाल विष्णु रिमाल

काठमाडौँ- नेकपा एमालेका नेता विष्णु रिमालले अध्यक्ष केपी शर्मा ओली पक्राउ गरेर सरकार प्रतिशोधमा उत्रिएको उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै रिमालले पक्राउ पुर्जी नै गैरकानुनी भएको दाबी गरेका छन् । साथै, ओली पक्राउ निन्दनीय काम गर्दै राजनीतिक र कानुनी प्रतिवाद हुने उल्लेख गरेका छन् ।

रिमालले कार्की आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरेको भए उक्त मुद्दा जरुरी पक्राउ पुर्जी जारी गर्ने विषय नभएको दाबी पनि गरेका छन्। उनले पक्राउको प्रक्रियासमेत नमिलेको दाबी गर्दै पक्राउ पुर्जी गैरकानुनी भएको दाबी गरेका हुन् ।

प्रकाशित: १४ चैत २०८२ ९:२४ | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast