बालेन्द्र प्रधानमन्त्री बनेपछि पुर्ख्यौली गाउँ एकडारामा उत्सव

हिमाल प्रेस १३ चैत २०८२ १४:५२ | Friday, March 27, 2026
30
SHARES
बालेन्द्र प्रधानमन्त्री बनेपछि पुर्ख्यौली गाउँ एकडारामा उत्सव

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुर्ख्यौली गाउँमा उत्सव मनाइएको छ। महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुर्ख्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाएका हुन्।

एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै प्रमुख कार्यकारी पद (प्रधानमन्त्री) मा नियुक्त हुँदा जिल्लामै खुसीयाली मनाइएको बताए।  ‘एकडारा–१ मात्र होइन् जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्,’ उनले भने।

राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै एकडारावासी एकापसमा रङ, अबिर दलेर, फूलमाला लगाएर, एकापसमा अँगालो मारेर र शुभकामना तथा बधाई आदानप्रदान गरिरहेका एकडारा–१ का वडाध्यक्ष मनोज मण्डलले बताए।

वडाध्यक्ष मण्डलका अनुसार एकडाराको नाम इतिहासमा दर्ज भएको भन्दै पुर्ख्यौली गाउँमा उत्सव मनाइएको छ। ‘आज एकडारावासी घरघरमा मीठो पकवान पकाएर खाने, खुवाउने गर्दैछन्, एकडारा गाउँभरि र बटुवालाई विभिन्न लड्डु, पेडा तथा मिठाइ बाँड्ने काम भइरहेको छ,’ उनले भने।

प्रधानमन्त्री शाहको घर एकडारा–१ मा पर्छ। उक्त घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ। साँझ एकडाराको घरघरमा दीपावली मनाउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष मण्डलले बताए।

प्रकाशित: १३ चैत २०८२ १४:५२ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast