नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

हिमाल प्रेस १३ चैत २०८२ १२:४६ | Friday, March 27, 2026
18
SHARES
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहलाई शपथ गराएका हुन्।

राष्ट्रपति पौडेलले शाहलाई आजै बिहान नेपालको संविधानको धारा, ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू उपस्थित थिए।

समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए।

प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक-सनातन परम्परा भल्किने गरी गरिएको थियो।

समारोहमा सात शंखबाट शंखनादसँगै १०८ जना वटुकले स्वस्ति-शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ-मंगल पाठ गरेका थिए।

रास्वपा वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो।

प्रकाशित: १३ चैत २०८२ १२:४६ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast