काठमाडौँ- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले प्रभावशाली ढंगले जनता र देशको हितमा आवाज उठाउने बताएका छन्।
बिहीबार शपथ कार्यक्रममा सहभागी हुन सिंहदरबारमा पुगेका नेम्वाङले यसअघि जस्तै नयाँ संसदमा पनि प्रभावशाली ढंगले जनता र देशको हितमा आवाज उठाउने बताएका हुन्।
उनले आफूहरू सत्तापक्ष–प्रतिपक्ष भन्दा पनि देश र जनताको हितको लागि काम गर्न जनताले पठाइएकाले इमान्दार र निष्ठापूर्वक कार्य गर्ने धारणा राखे। त्यस्तै नेम्वाङले दलको नेता चयनबारे पार्टीमा छलफल नभए पनि आफूलाई प्रस्ताव गरे खुट्टा नकमाउने बताए।
उनले आफूप्रतिको सद्भाव र शुभेच्छालाई निराश हुन नदिने समेत बताए।
प्रकाशित: १२ चैत २०८२ १६:०५ | Thursday, March 26, 2026
प्रतिक्रिया




