‘आइ एम जीतबहादुर’ काे फर्स्टलुक टिजरमा जितुकाे क्यारेक्टर

हिमाल प्रेस १२ चैत २०८२ १४:०८ | Thursday, March 26, 2026
12
SHARES
‘आइ एम जीतबहादुर’ काे फर्स्टलुक टिजरमा जितुकाे क्यारेक्टर

काठमाडौँ- जितु नेपालको निर्माणमा बनेको फिल्म ‘आइ एम जीतबहादुर’ को फर्स्टलुक टिजर सार्वजनिक भएको छ। निर्माण टिमले ओएसआर डिजिटल युट्युब च्यानलबाट बिहीबार टिजर सार्वजनिक गरेको हो।

टिजरमा फिल्मका मुख्य पात्र जितु नेपालको क्यारेक्टर लुक्स मात्र देखाइएको छ। जसमा जितुकाे निधारमा चाेट देखिन्छ।

फिल्ममा अन्य कलाकार वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाललगायतको अभिनय रहनेछ। फिल्मले एक नेपाली कलाकारको संघर्ष र सफलताको कथा प्रस्तुत गर्ने टिमले जनाएको छ।

फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन। नयाँ पोस्टरसहित केही समयपछि प्रदर्शन मिति घोषणा गर्ने टिमको तयारी छ। फिल्म हिन्दी र बंगाली भाषाका फिल्म निर्देशन शुभेन्दु घोषले निर्देशन गरेका हुन्।

फिल्म कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माण भएको हो।

प्रकाशित: १२ चैत २०८२ १४:०८ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast