‘आइ एम जीत बहादुर’को ट्रेलरमा जितुको फिल्म खेल्ने सपना बोकेको कथा

हिमाल प्रेस १६ जेठ २०८३ ८:३२ | Saturday, May 30, 2026
10
SHARES
‘आइ एम जीत बहादुर’को ट्रेलरमा जितुको  फिल्म खेल्ने सपना बोकेको कथा

काठमाडौँ- अभिनेता जितु नेपालको निर्माण अभिनय रहेको फिल्म ‘आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार आयोजित एक कार्यक्रम बिच सार्वजनिक ट्रेलरले गाउँबाट सपना बोकेर शहर आएका एक युवाले कलाकार बन्नका लागि भोग्नुपरेका संघर्ष, चुनौती र यात्रा भावनात्मक रुपमा पस्किएको छ ।

ट्रेलरमा अभिनेता जितु नेपालको फरक अवतार देख्न सकिन्छ, जहाँ उनले कलाकार बन्ने सपना पछ्याइरहेका युवाको भूमिका निभाएका छन् । आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्म भारतीय बंगाली निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका हुन् ।

फिल्ममा जितु नेपालको अपोजिटमा अभिनेत्री वर्षा राउत देखिएकी छन् । फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल,पवन खतिवडा’बाबा’,नीरज नेपाल,अन्सु महर्जन लगायत कलाकारहरूको अभिनय छ ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र नीरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन् । भारतीय सिनेमाटोग्राफर अरविन्दको छायाङ्कन रहेको फिल्मको पोस्ट–प्रोडक्सन कार्य भारतमै भएको हो ।

क्जष्खबm ऋझभलत
‘आइ एम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गर्दैछ । तीन दशकभन्दा लामो कलाकारिता यात्रामा हास्यदेखि चरित्र अभिनयसम्म फरक पहिचान बनाएका जितु नेपालका लागि यो फिल्म विशेष हुने देखिन्छ ।

प्रकाशित: १६ जेठ २०८३ ८:३२ | Saturday, May 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast