काठमाडौँ- हास्य कलाकार जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’ आगामी साउन १ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले नयाँ वर्षको अवसर पारेर फिल्मको फष्टलुक्समा एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार जितु नेपाललाई भरियाको रूपमा देखाइएको छ । उनले बोकेको डोकोको पहाडमा पाँच जना भरिया कतै हिँडिरहेको पनि देख्न सकिन्छ । साथै आकाशमा चराहरु उडिरहेका छन् । फिल्मको कथा अनुसार पोस्टर तयार गरिएको निर्माण युनिटले जनाएको छ ।
फिल्मका निर्देशक राजेन्द्र बस्नेत हुन् । नेपालको पुर्वी जिल्ला धनकुटा, सुनसरीको बराहक्षेत्र, चतरा लगायस्थानमा खिचिएको फिल्ममा जितु नेपालका अलवा प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल,वीरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूले अभिनय छ ।
बालकुमार राई निर्माता रहेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन् । कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको यस फिल्ममा द्वन्द्व किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु र प्रोडक्सन सिबी भण्डारीको रहेको छ ।




