लगातार घट्दै आएको सुन आज १४ हजार ६ सयले बढ्यो

हिमाल प्रेस ११ चैत २०८२ १०:५२ | Wednesday, March 25, 2026
24
SHARES
लगातार घट्दै आएको सुन आज १४ हजार ६ सयले बढ्यो

काठमाडौँ- केही दिनयता लगातार घट्दै आइरहेको सुनको भाउ बुधबार (चैत ११) ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको हो। उपभोक्ताले एक तोला सुन खरिद गर्न दुई लाख ८८ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ।

हिजो प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: ११ चैत २०८२ १०:५२ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast