करेन्ट लागेर वडासदस्यको निधन

हिमाल प्रेस ११ चैत २०८२ ९:०४ | Wednesday, March 25, 2026
12
SHARES
करेन्ट लागेर वडासदस्यको निधन सांकेतिक तस्बिर

मकवानपुर- मकवानपुरमा करेन्ट लागेर एकजना वडा सदस्यको मृत्यु भएको छ। बकैया गाउँपालिका ११ का वडा सदस्य ४२ वर्षीय ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। बकैया-११ स्थित पिपलडाँडा लेक निवासी गोले मंगलबार वडा कार्यालयको नियमित बैठकमा सहभागी हुन जाँदै गर्दा बाटोमै करेन्ट लागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

हिड्ने क्रममा बाटोमा लत्रिएको बिजुलीको तार पन्छाउँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। विद्यालय जाने बालबालिकाले गोलेलाई मृत देखेपछि अभिभावकलाई खबर गरेका थिए।

प्रहरी र स्थानीयले उनलाई उपचारका लागि अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका हुन्। गोलेको शव पोस्टमार्टकका लागि हेटौँडा अस्पतालमा राखिएको छ।

प्रकाशित: ११ चैत २०८२ ९:०४ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast