काठमाडौँ- मकवानपुरको मनहरी–७, रमनटारस्थित पूर्व पश्चिम सडकखण्डमा वीरगन्जबाट लमजुङ जाँदै गरेको बस गएराति दुर्घटनामा परेको छ ।
बसमा सवार १६ मध्ये घाइते ५ जनालाई उद्वार गरी उपचारका लागि मनहरी अस्पतालमा पठाइएको र त्यहाँबाट चितवन रिफर गरिएको छ ।
प्रहरीका अनुसार, बस चालक, सर्लाहीका ३९ वर्षीय भीम बहादुर बिक, यात्रुहरु चितवन, भरतपुर–४ का ३० वर्षीय संजय तामाङ, पर्सा, परवानीपुरका ५४ वर्षीय मोहम्मद आजाद, बारा, देवताल–१ का २३ वर्षीय राजकुमार राम र भारत, मोतिहारीका २५ वर्षीय सुदिर कुमारको घाइते भएका छन् ।
प्रकाशित: २४ असार २०८३ ७:०१ | Wednesday, July 8, 2026
प्रतिक्रिया




