जेनजी आन्दोलनका बेला भीमफेदी कारागारबाट भागेका कैदी पक्राउ

हिमाल प्रेस ५ मंसिर २०८३ १३:१६ | Saturday, November 21, 2026
जेनजी आन्दोलनका बेला भीमफेदी कारागारबाट भागेका कैदी पक्राउ

काठमाडौँ- मकवानपुरस्थित हेटौँडा उपमहानगरपालिका २ भिमफेदी कारागारबाट फरार भएका लागूऔषध (खैरो हेरोइन) मुद्दाका एक प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हिजो (शुक्रबार) अन्दाजी १४:०० बजेको समयमा हेटौँडा उपमहानगरपालिका २ पिपलबोटस्थित हिँडिरहेको अवस्थामा जिल्ला मकवानपुर, हेटौँडा उपमहानगरपालिका १३ पदमपोखरी बस्ने वर्ष २३ का हर्षित राज मुक्तानलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार भएका उनलाई लागूऔषध (खैरो हेरोइन) मुद्दामा ११ वर्ष कैद र ८० हजार जरिबाना सजाय तोकिएको थियो ।

प्रकाशित: ५ मंसिर २०८३ १३:१६ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast