काठमाडौँ- डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। आदर्श गाउँपालिका ६ रौसेल्लाखोला स्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डमा जिप दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक आदर्श गाउँपालिका ३ काँडी स्याउलेका २२ वर्षीय सुबोध रोकाया र जिपमा सवार सोही ठाउँका १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
खतेडाबाट काँडी स्याउलेतर्फ जाँदै गरेको सु प प्र ०१-००१ च ३९२३ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भएर सडकबाट ९ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रकाशित: १० चैत २०८२ ७:५२ | Tuesday, March 24, 2026
प्रतिक्रिया




