उपराष्ट्रपति यादव र बंगलादेशका राजदूत रहमानबीच भेट

हिमाल प्रेस ९ चैत २०८२ १६:२९ | Monday, March 23, 2026
26
SHARES
उपराष्ट्रपति यादव र बंगलादेशका राजदूत रहमानबीच भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बंगलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेट गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको भेटमा दुवै जनाबीच शुभकामना आदान–प्रदानसँगै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको उनको सचिवालयले जनाएको छ।

उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बंगलादेशबीच मित्रवत् एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै हाम्रो सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान तथा विश्वासमा आधारित रहेको बताए। उनले बंगलादेशसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताए।

उपराष्ट्रपति यादवले बंगलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना दिए। नेपालमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै उनले दुवै देशका सरकारबीच सहकार्य सुदृढ हुनेमा विश्वास व्यक्त गरे।

भेटका क्रममा राजदूत रहमानले नेपाल–बंगलादेश सम्बन्ध आपसी विश्वासमा आधारित रहेको र जनता–जनताबीचको सम्बन्धमा निहित रहेको उल्लेख गरे। उनले वाणिज्य, शिक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन सकिने बताउँदै हाल नेपालबाट ४० मेगावाट विद्युत् प्राप्त भइरहेकोमा यसलाई ६० मेगावाट पु¥याउन अनुरोध गरे।

प्रकाशित: ९ चैत २०८२ १६:२९ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast