डलर कीर्तिमान मूल्यमै

हिमाल प्रेस ९ चैत २०८२ ६:३९ | Monday, March 23, 2026
8
SHARES
डलर कीर्तिमान मूल्यमै

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको विनिमयदर दर उच्च मूल्यमै स्थिर रहँदा अन्य केही मुद्राको मूल्य भने घटबढ भएको छ।

आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। आज युरो १ को खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा छ। हिजो युरो १ को खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०० रुपैयाँ ४६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा थियो।

आज कुबेती दिनार १ को खरिदर ४८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ०२ पैसा छ। हिजो र अस्ती पनि कुबेती दिनारको विनिमयदर यही थियो। आज बहराइन दिनार १ को खरिदर ३९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९३ पैसा छ। हिजो र अस्ती पनि बहराइन दिनारको विनिमयदर यही थियो।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रकाशित: ९ चैत २०८२ ६:३९ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast