अमेरिकाले ऊर्जा केन्द्रलाई निशाना बनाए हर्मुज क्षेत्र पूर्णरूपमा बन्द गर्ने इरानको चेतावनी

हिमाल प्रेस ८ चैत २०८२ २१:३७ | Sunday, March 22, 2026
28
SHARES
अमेरिकाले ऊर्जा केन्द्रलाई निशाना बनाए हर्मुज क्षेत्र पूर्णरूपमा बन्द गर्ने इरानको चेतावनी

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना बनाएमा रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्ने इरानको सेनाले चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि भएको युद्धको सुरुवात फेब्रुअरी २८ देखि नै इरानलाई हर्मुज नाका पूर्णरूपमा पुनः खोल्न ४८ घण्टाको समय दिएका थिए।

त्यसपछि यो युद्ध पश्चिम एसियामा फैलिएको छ। इरानले यस क्षेत्रमा इजरायल र अमेरिकी चासोमाथि ड्रोन र मिसाइल आक्रमणको साथ जवाफ दिएको छ।

‘यदि इरानको पावर प्लान्टहरूबारेमा संयुक्त राज्य अमेरिकाले धम्की दियो भने, स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द हुनेछ, र हाम्रो नष्ट भएका विद्युत उत्पादन प्लान्टहरू पुनर्निर्माण नभएसम्म यो पुनः खोलिने छैन,’ सेनाको अपरेशनल कमान्ड खातम अल–अन्बियाले एक विज्ञप्तिमा उल्लेख गरेको छ।

इरानी सेनाले इजरायलको ‘पावर प्लान्ट’, ऊर्जा, र सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार साथै क्षेत्रीय देशहरूमा रहेका अमेरिकी लगानीका पावर प्लान्ट र अमेरिकी सेयरधनीहरू भएका कम्पनीहरूमा पनि आक्रमण गर्ने बताएको छ।

इरानी सेनाले भनेको छ, ‘हाम्रो देश र हाम्रो राष्ट्रको हितको रक्षाका लागि अन्य उपायहरू अपनाइनेछ।’

युद्धको सुरुवातदेखि नै विश्वको २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास जाने यस जलमार्गबाट हुने यातायात लगभग ठप्प भएको छ।

एनालिटिक्स फर्म केप्लरका अनुसार तुलनात्मक रूपमा थोरै संख्यामा जहाजहरूले यसलाई आपूर्ति गर्न सक्षम भएका छन्। यो संख्या युद्धपूर्वको तुलनामा लगभग पाँच प्रतिशत मात्र हो।

इरानी सेनाले धेरै जहाजहरूमा आक्रमण गरेको छ र जहाजहरूले जलमार्ग पार नगर्ने ‘चेतावनी’ पालन गर्न असम्भव भएको बताएका छन्।

हालैका दिनहरूमा इरानले आफूले मित्रवत् ठानेका देशका केही जहाजलाई आवतजावत गर्न अनुमति दिएको छ भने आफूविरुद्ध ‘आक्रमण’ मा सामेल भएका देशका जहाजहरू रोक्ने चेतावनी दिएको छ।

संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले सामुद्रिक यातायात ‘युद्धपूर्वको अवस्थामा नफर्कने’ बताएसँगै इरानको संसदले होर्मुजको मध्य क्षेत्र हुँदै जहाजमा कर लगाउने योजना बनाइरहेको बताएको छ।-रासस/एएफपी

प्रकाशित: ८ चैत २०८२ २१:३७ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast