रसियाली परराष्ट्रमन्त्रीले अमेरिकालाई के भने?

हिमाल प्रेस ८ चैत २०८२ १७:३४ | Sunday, March 22, 2026
16
SHARES
रसियाली परराष्ट्रमन्त्रीले अमेरिकालाई के भने? रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभ। तस्बिर : रूसी विदेश मन्त्रालय

मस्को- रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभले संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा आफ्नो प्रभुत्व स्थापित गर्न रणनीति बनाइरहेको बताएका छन्। उनले एक अन्तरर्वार्तामा यस्तो बताएका हुन्।

‘संयुक्त राज्य अमेरिका केवल आफ्नो हितको ख्याल गर्छ। उनीहरू आफ्नो समृद्धि जोगाउन कुनै पनि उपाय अपनाउन तयार छन्। चाहे त्यसमा विदेशी देशमा कू गर्न, नेताहरूको अपहरण गर्न वा हत्या गर्नुपरे पनि। यी सबै कार्य तेल र ऊर्जा स्रोतसँग प्रत्यक्ष सम्बन्धित छन्,’ उनले अन्तर्वार्तामा भने।

मन्त्री लावरोभले अमेरिकाले सधैँ आफ्नो राष्ट्रिय हितलाई अन्तर्राष्ट्रिय नियम र सम्झौताभन्दा माथि राख्ने नीति अपनाउँदै आएको बताए। उनले भने,‘संयुक्त राज्य अमेरिका रूसलाई युरोपेली ऊर्जा बजारबाट सीमित बनाउन सधैँ स्वागत गर्दै आएको छ र अझै पनि यसलाई निरन्तरता दिइरहेको छ।’

उनले रूससँग सहकार्य गर्न चाहे अमेरिकाले पहिलो चरणमा रूसका हितको सम्मान गर्नैपर्ने बताए। लावरोभले भने,‘दुई देशबीच समान र पारस्परिक हितको आधारमा मात्र दीर्घकालीन सहकार्य सम्भव छ।’

अन्तरर्वार्तामा लावरोभले अमेरिका र अन्य पश्चिमेली देशहरूको ऊर्जा नीतिको आलोचना गर्दै वर्तमान समयमा विश्व ऊर्जा बजारमा शक्ति सन्तुलनको समस्या रहेको बताए।

उनले प्राकृतिक स्रोत भएका देशहरूको स्वतन्त्रता र स्वामित्वलाई चुनौती दिने प्रयासले अन्तर्राष्ट्रिय तनाव बढाउने सम्भावना रहेको बताए। रासस/सिन्ह्वा

प्रकाशित: ८ चैत २०८२ १७:३४ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast