इरानका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

हिमाल प्रेस ८ चैत २०८२ १२:३५ | Sunday, March 22, 2026
22
SHARES
इरानका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने ट्रम्पको चेतावनी डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको समयसीमा दिएका छन्। उनले इरानले आदेश नमानेमा त्यहाँका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका हुन्।

शनिबार साँझ ‘ट्रुथ सोसल’ मा गरिएको पोस्टमा अमेरिकी राष्ट्रपतिले लेखेका छन्, ‘इरानले ठीक यही समयदेखि ४८ घण्टाभित्र यो महत्त्वपूर्ण जलमार्ग खोलेन भने संयुक्त राज्य अमेरिकाले उनीहरूका विभिन्न विद्युत् केन्द्रहरूमा आक्रमण गरी ध्वस्त पार्नेछ र सबैभन्दा ठूलो केन्द्रबाट सुरुवात गर्नेछ।’

ट्रम्पले कुनकुन विद्युत् केन्द्रलाई निसाना बनाइने हो भन्ने स्पष्ट पारेका छैनन्।

तेल र अन्य सामान ढुवानीका लागि अत्यन्तै महत्त्वतपूर्ण मार्ग मानिने होर्मुज क्षेत्र बन्द हुँदा विश्वव्यापी ऊर्जा मूल्यमा वृद्धि भइसकेको छ।

यस्तो अवस्थामा ट्रम्पको यो समयसीमाले तनाव अझ बढ्ने संकेत गरेको छ। यसअघि शुक्रबार उनले अमेरिकी सैन्य अभियान क्रमशः घटाउने विषयमा विचार गरिरहेको र अमेरिकी सेना आफ्नो लक्ष्य नजिक पुगिसकेको बताएका थिए।

इरानका परराष्ट्रमन्त्री अब्बास अब्बास अराघचीले भने पूर्वाधारमा आक्रमण भयो भने कुनै पनि संयम नरहने चेतावनी दिएका छन्। उनले शुक्रबार इजरायलले दक्षिण पार्स ग्यास क्षेत्रमा गरेको आक्रमणको प्रतिक्रिया दिँदै यस्तो चेतावनी दिएका हुन्।

प्रकाशित: ८ चैत २०८२ १२:३५ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast