‘इनिशा हत्या घटनाको निष्कर्ष चाँडै बाहिर आउँछ’

हिमाल प्रेस ७ चैत २०८२ १७:१० | Saturday, March 21, 2026
10
SHARES
‘इनिशा हत्या घटनाको निष्कर्ष चाँडै बाहिर आउँछ’

काठमाडौँ– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इनिशा बिक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका हुन्।

कार्कीले पीडित परिवारसँग निरन्तर सम्पर्क भइरहेको र दोषीलाई कारबाहीका साथै न्याय पाउनुपर्ने आवाजको सुनुवाई हुने प्रतिवद्धता जनाए। अनुसन्धानका लागि प्रयाप्त रुपमा प्रहरी परिचालन गरिएकाले छिटै उक्त घटनाको निष्कर्ष बाहिरर आउने उनको भनाइ छ।

त्यस्तै प्रहरी महानिरीक्षक कार्कीले सबै नागरिकले बराबरको हक अधिकार प्राप्त गर्नुपर्ने भन्दै सबै किसिमको विभेदका विरुद्ध कानून बमोजिम अघि बढ्ने समेत बताए।

प्रकाशित: ७ चैत २०८२ १७:१० | Saturday, March 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast