अमेरिकालाई आफ्नो क्षेत्रबाट आक्रमण गर्न नदिन यूएईलाई इरानको चेतावनी

हिमाल प्रेस ७ चैत २०८२ १५:५९ | Saturday, March 21, 2026
10
SHARES
अमेरिकालाई आफ्नो क्षेत्रबाट आक्रमण गर्न नदिन यूएईलाई इरानको चेतावनी फाइल तस्बिर : एएफपी

काठमाडौँ– इरानी सेनाले संयुक्त अरब इमिरेट्सलाई रणनीतिक स्ट्रेट अफ होर्मुज नजिकैका विवादित टापुमा आफ्नो क्षेत्रबाट आक्रमण गर्न नदिन चेतावनी दिएको छ।

इरानी सेनाले विज्ञप्ती जारी गर्दै यदि संयुक्त अरब इमिरेट्सको क्षेत्रबाट इरानविरुद्ध कुनै आक्रमण भयो भने, इरानले संयुक्त अरब इमिरेट्समा आक्रमण गर्ने चेतावनी दिएको छ।
इरानको नियन्त्रणमा रहेको अबु मुसा र ग्रेटर टुनब टापुहरू लामो समयदेखि दुई देशहरूबीच विवादको विषय बनेका छन्।

यी टापुहरू होर्मुज जलक्षेत्रको प्रवेशद्वार नजिकै खाडीमा अवस्थित छन्, जसबाट सामान्यतया विश्वको तेलको अधिकाशं भाग निर्यात हुन्छ ।

हाल चर्किरहेको क्षेत्रीय युद्धले समुद्री यातायात अवरुद्ध भएको छ। फेब्रुअरी २८ मा इरानमा अमेरिका र इजरायलीको संयुक्त आक्रमणबाट सुरु भई पश्चिम एसियामा युद्ध फैलिएको छ।

इरानले खाडी मुलुकहरूलाई अमेरिकी सेनालाई आफ्नो क्षेत्रबाट इरान विरुद्ध आक्रमण गर्न दिएको आरोप लगाउँदै ती देशहरूमा रहेका अमेरिकी निकाय विरुद्ध मिसाइल तथा ड्रोन आक्रमणहरू सुरु गरेको छ।-रासस/एएफपी

प्रकाशित: ७ चैत २०८२ १५:५९ | Saturday, March 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast