यूएईले एक करोड अमेरिकी डलर सहयोग गर्ने

हिमाल प्रेस १५ भदौ २०८३ १९:३२ | Monday, August 31, 2026
यूएईले एक करोड अमेरिकी डलर सहयोग गर्ने

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) ले बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि एक करोड अमेरिकी डलर बराबरको आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने भएको छ।

भोटेकोशी बाढीपछि प्रभावित नेपाली नागरिकको सहयोगका लागि यूएईले यो रकम नेपाल सरकारलाई सहयोग गर्ने भएको हो।

यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा यो सहायता घोषणा गरिएको हो।

बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका कारण धेरै नागरिक घाइते तथा बेपत्ता भएको अवस्थामा प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहायता प्रदान गर्न लागिएको यूएईले जनाएको छ।

यूएई एड एजेन्सीमार्फत उपलब्ध गराइने यो सहायता प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा प्रयोग गरिनेछ। युएई एडका टोलीले स्थानीय अधिकारी तथा अन्तर्राष्ट्रिय मानवीय संस्थानसँग समन्वय गरी सबैभन्दा बढी प्रभावित र तत्काल सहायता आवश्यक रहेका क्षेत्रमा राहत पु¥याउने जनाएको छ।

प्रकाशित: १५ भदौ २०८३ १९:३२ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast