बीपी राजमार्गमा पस्यो रोशी, अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध

हिमाल प्रेस ७ चैत २०८२ ७:४९ | Saturday, March 21, 2026
6
SHARES
बीपी राजमार्गमा पस्यो रोशी, अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध फाइल तस्बिर

काठमाडौँ- रोशी खोलाको पानी सडकमा पस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान ३: ३० बजेको समयमा बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका खण्डका केहि स्थानमा रोशी खोला पसेको थियो ।

रोशी खोलाको पानी पस्दा काभ्रेको चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुंगामा सडक अवरुद्ध भएको हो । अविरल वर्षाको कारण रोशी खोलाको पानीको बहाव सडकसम्म पुगेकाले पूर्ण रूपमा बीपी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

उक्त स्थानमा प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेर सडक खुलाउने कार्य भइरहेको जनाइएको छ। सडकको अवस्था बारे बुझेर मात्र यात्रा गर्न जिल्ला ट्राफिक कार्यालय काभ्रेले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast