बेल्जियम- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान, अमेरिका र इजरायललाई कडा चेतावनी दिँदै मध्यपूर्वमा व्याप्त द्वन्द्वको तुरुन्तै अन्त्य गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल एक्समा गुटेरेसले अमेरिका र इजरायललाई युद्ध अन्त्य गर्ने उत्तम समय भएको बताएका हुन्।
युद्धले विश्वव्यापी अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्दै कम विकसित देशहरूका लागि दुखद् परिणाम निम्त्याइरहेको उनले बताएका छन्।
यसैगरी इरानलाई आफ्ना छिमेकीहरू माथिको आक्रमण गर्न बन्द गर्न आह्वान गर्दै तिनीहरू कहिल्यै द्वन्द्वमा सहभागी नभएको उनले बताएका छन्।
सुरक्षा परिषद्ले यी आक्रमणहरूको निन्दा गर्दै तत्काल रोक्न आदेश दिएको छ। होर्मुजको जलमार्ग लामो समयसम्म बन्द हुँदा संसारभरका मानिसहरूका लागि ठूलो पीडा हुने बताउदै परिषद्ले यसको द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको जनाउदै स्ट्रेट अफ होर्मुज खोल्ने आदेश दिएको छ।
परिषद्ले कानुनले बलमाथि प्रभुत्व जमाउने समय भएको जनाउँदै यसले यो युद्धमाथि कुटनीतिको विजय हुने समय भएको जनाएको छ।
गुटेरेसको टिप्पणी हालै क्षेत्रीय पूर्वाधारलाई लक्षित गरी इरानी आक्रमणको प्रतिक्रियामा आएको छ। जसले मध्य पूर्वमा तनाव बढाउनुका साथै विश्वव्यापी ऊर्जा आपूर्तिमा चिन्ता बढाएको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि तत्काल द्वन्द्व समाधानको आवश्यकतामा जोड दिँदै सामाजिक सञ्जाल एक्समा मध्यपूर्वमा स्थिरता पुनर्स्थापना गर्न ठोस शान्ति योजना ल्याउनु पर्ने बताएका छन्।
यसैबीच बेलायती प्रधानमन्त्री कीर स्टारमरले कतारी ग्यास सुविधामा भएको इरानी आक्रमणको निन्दा गरेका छन्। विश्वव्यापी रूपमा नेताहरूको द्वन्द्वलाई अझ बढ्नबाट रोक्न र व्यापक मानवीय र आर्थिक संकटहरू सिर्जना नगर्न र संयम भई स्वतन्त्रताको पुनर्स्थापना र तत्काल कूटनीतिक तथा ठोस शान्ति प्रक्रिको आह्वानको लागि अनुरोध गरेका छन्। रासस/एएनआई





