काठमाडौँ- बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथ चैत १३ गते लिने भएका छन्। आज (बिहीबार) काठमाडौँको एक होटलमा भएको छलफलपछि शपथको टुंगो लागेको हो।
चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ कार्यक्रम छ। त्यसपछि बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने र प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ (१) बमोजिम दाबी पेस गर्ने बताइएको छ। रास्वपाले १८२ सिट जितेकाले एक्लै बहुमतको सरकार बनाउने भएको हो।
चैत १३ गते रामनवमी पर्ने भएकाले शुभ दिनका रूपमा बालेनले सो दिन रोजेको बताइन्छ। देशभर रामनवमी धुमधामका साथ मनाउने गरिन्छ।
प्रकाशित: ५ चैत २०८२ २०:२० | Thursday, March 19, 2026
प्रतिक्रिया





