रास्वपाका शीर्ष नेताहरू जुटे छलफलमा

हिमाल प्रेस ५ चैत २०८२ १९:१२ | Thursday, March 19, 2026
34
SHARES
रास्वपाका शीर्ष नेताहरू जुटे छलफलमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू सरकार गठनका लागि छलफलमा जुटेका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिभसा सदस्य निर्वाचनमा झन्डै दुई तिहाई बहुमत पाएको रास्वपाका शीर्ष नेताहरू सरकार गठनका लागि छलफलमा जुटेका हुन्।

पार्टी उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै सरकार गठनसम्बन्धी छलफल अगाडि बढेको संकेत गरेका छन्। उनले भनेका छन्,‘राजकाज, आज साँझको छलफल।’
तस्बिरमा सभापति रवि लामिछाने, अर्का उपसभापति डीपी अर्याल र वरिष्ठ नेता बालेन्द्र शाह देखिएका छन्।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको आगामी चैत १२ गते शपथ दिलाउने तयारी छ। प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहणपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ।

प्रकाशित: ५ चैत २०८२ १९:१२ | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast