बसको ठक्करबाट बालकको मृत्यु

हिमाल प्रेस ५ चैत २०८२ १२:२४ | Thursday, March 19, 2026
6
SHARES
बसको ठक्करबाट बालकको मृत्यु

काठमाडौँ- सर्लाहीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। बिहीबार बिहान नौ बजेतिर बागमती नगरपालिका २ सानो डाबरीमा जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना।१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा स्थानीय श्याम गोलेका छोरा २ वर्षीय यनस गोले छन्। बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको र शव अहिलेसम्म घटना स्थलमै रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालक हरिवन ११ प्रगति टोल बस्ने ५० वर्षीय सूर्यबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: ५ चैत २०८२ १२:२४ | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast