रामकृष्ण ढकाल र रचनाको स्वरमा ‘सुनैको सपनी’ गीत सार्वजनिक

हिमाल प्रेस ५ चैत २०८२ १०:५२ | Thursday, March 19, 2026
28
SHARES
रामकृष्ण ढकाल र रचनाको स्वरमा ‘सुनैको सपनी’ गीत सार्वजनिक

काठमाडौँ- गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वरमा ‘सुनैको सपनी’ बोलको गीत सार्वजनिक भएको छ। उपत्यकामा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो।

उज्ज्वल सागरले संगीत भरेको गीत आनन्द अधिकारीले लेखेका हुन्। उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।

यो गीत फिल्म ‘मालती मंगले’ मा समावेश गरिएको छ। गीतमा ग्रामीण परिवेश र प्रेमकथा प्रस्तुत गरिएको छ।

गीतको भाव प्रस्ट्याउँदै गीतकार अधिकारीले भने, ‘गीतमा गरिबले पनि कसरी प्रेम गर्न सक्छन् भन्ने बुझाउन खोजेको छु। यो मायाको भन्दा पनि प्रेमको गीत हो। प्रेमको लागि कुनै स्वार्थ वा आवश्यकता हुँदैन भन्ने भावमा यो गीत लेखेको हुँ।’

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई निकै आत्मीय र प्रेमिल मुद्रामा देखाइएको छ।

रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको फिल्म रानी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। फिल्म वैशाख २५ मा प्रदर्शन हुनेछ।

फिल्मका निर्देशक प्रकु पाण्डेय हुन्। निर्देशक पाण्डेयकै कथा रहेको फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन्।

विजय र वर्षासँगै फिल्ममा मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुष्मा निरौला, सुनील तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, राज पंगेनी, सुस्मिता गुरुङलगायत कलाकारको अभिनय छ।

महेश पौडेलले छायांकन गरेको फिल्म रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन, डिकेश खड्गीको ध्वनि मिश्रणमा बनेको छ।

यस्ताे  छ गीत

 

प्रकाशित: ५ चैत २०८२ १०:५२ | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast