विजय र वर्षा अभिनीत ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक

हिमाल प्रेस १३ वैशाख २०८३ १२:३४ | Sunday, April 26, 2026
8
SHARES
विजय र वर्षा अभिनीत ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक

काठमाडौँ- वैशाख २५ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक भएको छ । यस डान्सिङ गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायक विजय बराल, नायिका वर्षा राउत, कलाकार मेक्सम गौडेल तथा अतिथीय भूमिकामा डान्सर सबिन विस्ट र एलिसा शर्मालाई देख्न सकिन्छ ।
गीतमा गीतकार राजेन्द्र थापाको शब्द, राजन राज शिवाकोटीको सङ्गीत र श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ।

रोशन विश्वकर्माको कोरियोग्राफीमा भिडियो तयार भएको हो । रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको यस फिल्म गायक ढकालको लगानी रहेको छ ।

प्रकु पाण्डेयको कथा र निर्देशनमामा यो फिल्म बनेको हो । संवाद र स्क्रिप्ट संयोग गुरागाईंको हो।

प्रकाशित: १३ वैशाख २०८३ १२:३४ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast