नख्खुबाट रविलाई गाडीमा उठाएको प्रसंगले रामकृष्ण ढकाल विवादमा

हिमाल प्रेस २६ वैशाख २०८३ १०:५९ | Saturday, May 9, 2026
12
SHARES
नख्खुबाट रविलाई गाडीमा उठाएको प्रसंगले रामकृष्ण ढकाल विवादमा

काठमाडौँ- गायक रामकृष्ण ढकाल विवादमा तानिएका छन्। जेनजी प्रदर्शन हुँदा रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्ने क्रममा उनले गाडी चलाएको भन्ने विषयमा उठाएपछि उनी विवादमा परेका हुन्। उनले एक कार्यक्रममा सोही कुरा भनेका थिए। त्यसले गर्दा उनी विवादमा तानिएका छन्।

लामो समयदेखि रवि नख्खु कारागारमा थिए। उनी जेनजी आन्दोलनमा कारागारमा जोखिम हुने भन्दै बाहिरिए। त्यसबेला जेलसम्म लिन पुगेका व्यक्ति थिए, रामकृष्ण। रामकृष्ण र रवि पुराना साथी पनि हुन्। राजा वीरेन्द्रको हत्यापछि दुवैले कपाल खौरिएका थिए। अहिले पनि राम्रो सम्बन्ध रहेका कारण आफू रवि लिन गएको रामकृष्णले बताएका थिए। यही विषय बाहिरिए पछि रामकृष्णको फिल्म ‘मालती-मंगले’ बहिष्कारको अभियान पनि चलेको छ। यद्यपि फिल्म भने राम्रो रहेको प्रतिक्रिया आइरहेका छन्। यही विषयको विवादले सामाजिक सन्जाल रामकृष्णमाथि गालीगलौज गर्ने क्रम बढ्दो छ। उनले  सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत चरित्र हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

आफूविरुद्ध भ्रामक प्रचार र मानहानि भएको भन्दै उनले साइबर ब्युरोमा उजुरी दिएका हुन् । ढकालले बिहीबार उजुरी दिएको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले बताए ।

जापानबाट सञ्चालित एक फेसबुक पेजबाट आफू विरुद्ध निरन्तर प्रहार भएको पनि ढकालले बताएका छन् । घृणा फैलाएर आफूलाई मानसिक तनाव दिने फेसबुक आईडीहरुबारे अनुसन्धान गरेर संलग्नलाई कारबाही गर्न उनले माग गरेका छन् ।

प्रकाशित: २६ वैशाख २०८३ १०:५९ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast