काठमाडौँ- अभिनेता सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन गरिएको छ। अभिनेता खानले फेसबुकमा फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्। जसमा फिल्मको नाम ‘मातृभूमि’ (मे वार रेस्ट इन पिस) राखिएको छ।
पोस्टरमा सलमान युद्धभूमिमा घाइते अवस्थामा प्रस्तुत छन्। उनको अनुहारमा चोट र रगत देखिन्छ। पोस्टरमा उनले आफूलाई प्रहार गरिएको काँडेतारले बेरिएको काठको लौरोलाई रोकेको देखिन्छ।
सलमान खान फिल्मस्को प्रस्तुति रहेको फिल्म अपूर्व लाखियाले निर्देशन गरेका हुन्। नेपाली फिल्ममा चित्रांगदा सिंह, जेन श, अंकुर भाटिया, विपिन भारद्वाजलगायत कलाकारले अभिनय गरेका छन्। फिल्ममा नेपाली अभिनेता अनुपविक्रम शाही र प्रशान्त तामाङको पनिअभिनय छ।
वार ड्रामा जनरामा बनेको फिल्ममा सन् २०२० मा गलवान क्षेत्रमा भारत र चिनियाँ सेनाबीच भएको झडपको कथावस्तुमा आधारित छ।





