नेकपाबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

हिमाल प्रेस १ चैत २०८२ १८:०५ | Sunday, March 15, 2026
38
SHARES
नेकपाबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदको नाम टुंग्याएको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले छलफल गरेर समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूको नाम टुंगो लगाएका हुन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा नेकपाले ९ सिट पाएको छ।

खसआर्यमा प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपाङ्गताबाट प्रेम बयक, महिलातर्फ बलावती शर्मा, मधेशी समूहबाट जोगकुमार बरबरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा र थारू समूहबाट निराशा चौधरी डगौरा समानुपातिक तर्फ सिफारिस भएको नेकपाले जनाएको छ।

प्रकाशित: १ चैत २०८२ १८:०५ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast