समानुपातिक उम्मेदवार तय गर्न रास्वपाको सचिवालय बैठक बस्दै

हिमाल प्रेस १ चैत २०८२ ६:४१ | Sunday, March 15, 2026
6
SHARES
समानुपातिक उम्मेदवार तय गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो। प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन्।

उनले सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आज बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका छन्।

प्रवक्ता झाका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने छ । बैठकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ।

प्रकाशित: १ चैत २०८२ ६:४१ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast