मण्डलामा नाटक ‘चरणदास चोर’ मञ्चन

हिमाल प्रेस २९ फागुन २०८२ १२:२९ | Friday, March 13, 2026
34
SHARES
मण्डलामा नाटक ‘चरणदास चोर’ मञ्चन

काठमाडौँ- मण्डला थिएटरमा नाटक ‘चरणदास चोर’ मञ्चन सुरु भएको छ। नाटकको बिहीबार (हिजाे) बेलुका प्रिमियर सो आयोजना गरिएको थियो।

प्रिमियरसँगै नाटकको नियमित मञ्चन सुरु गरिएको निर्देशक मिलन कार्कीले बताए। प्रिमियरमा अभिनेता विजय बराल, निर्देशक आशान्त शर्मा, साेमनाथ खनाललगायत नाट्यकर्मी र पत्रकारहरू उपस्थित थिए।

व्यंग्यात्मक नाटकमा कमेडीसहित मनाेञ्जनात्मक रहेकाे उनीहरूकाे भनाइ थियाे। साथै कलाकारकाे अभिनयले थप रमाइलाे लाग्ने उनीहरूले बताए।

‘चरणदास चोर’  काे कथा भारतीय नाटककार हबीब तनवीरको चर्चित नाटककाे नेपाली अनुवाद हाे। नेपाली अनुवाद आशान्त शर्मा र राजन खतिवडाले गरेका हुन्।

कमेडी शैली प्रस्तुत गरिएको नाटकमा चलाखपूर्ण तरिकाले चोरी गर्ने एक पात्रको इमान्दारिताको कथा प्रस्तुत गरिएको छ। नाटकमा विश्व विजय विक चरणदासको भूमिकामा छन्।

धेरै कलाकारको संयोजन रहेको नाटकमा अन्य पात्रहरूमा विनय पन्त, विनिता गिरी, अनुष्का कार्की, रिजन थिङ लामा, सरिता नेपाली, लक्ष्मण खत्री, जितन राई, पार्वता भुसाल, दुर्गा पौडेल (जुनु), टेक बहादुर खाती, प्रबल जोशी, अर्मन शाहीलगायतले अभिनय गरेका छन्।

नाटकका सबै कलाकार मण्डला थिएटर ल्याब १८ औँ ब्याचका विद्यार्थी हुन्। नाटक आगामी चैत ११ गतेसम्म दैनिक १ सो मञ्चन हुनेछ, साँझ ५ः १५ बजे।

प्रकाशित: २९ फागुन २०८२ १२:२९ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast