यज्ञमणि न्यौपानेले दिए ‘स्वतन्त्र कानुन व्यवसायी मञ्च’को अध्यक्षबाट राजीनामा

हिमाल प्रेस २७ फागुन २०८२ ६:२५ | Wednesday, March 11, 2026
14
SHARES
यज्ञमणि न्यौपानेले दिए ‘स्वतन्त्र कानुन व्यवसायी मञ्च’को अध्यक्षबाट राजीनामा

काठमाडौँ- मोरङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अधिवक्ता यज्ञमणि न्यौपानेले ‘स्वतन्त्र कानुन व्यवसायी मञ्च’को अध्यक्ष पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट फागुन २१ गते भएको निर्वाचनमा निर्वाचित भएपछि उनले नेतृत्व छोडेका हुन् । न्यौपानेले मञ्चको सञ्चालक समितिलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्र स्वीकृत भइसकेको छ ।

राजीनामा पत्रमा उनले आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोले मञ्चको अध्यक्षका रूपमा कार्यभार सम्हाल्न नसक्ने उल्लेख गरेका छन् ।

उनी यसअघि नेपाल बार एशोसिएसनको निर्वाचनमा महासचिव पदको उम्मेदवार समेत बनेका थिए । कानुन व्यवसायीहरूको छाता संगठन ’नेपाल बार’को नेतृत्व तहमा पुग्न प्रतिस्पर्धा गरेका न्यौपाने पछिल्लो समय सक्रिय राजनीतिमा लागेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित: २७ फागुन २०८२ ६:२५ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast